अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

जसपा आधिकारिकताको निर्णय सनाखतबाटै हुने, सर्वोच्चले अन्तरिम आदेश दिएन

बिआरटीनेपाल २०७८ साउन १० गते ७:२९ मा प्रकाशित

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्न पाउने भएको छ ।जसपाका अध्यक्ष महन्थ ठाकुरले समितिका सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । तर आज आइतवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै दुवै पक्षलाई १५ दिनभित्र छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगजस्तो संवैधानिक निकायको इजलासले दुवै पक्षलाई बोलाएर गर्ने निर्णयमा अन्तरिम आदेश दिनु नपर्ने इजलासको ठहर छ । जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिने भएको छ ।

यसका लागि आयोगले भोलि सोमवार बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये आफ्नो पक्षमा ३२ जना भएकाले आयोगले मान्यता दिने उपेन्द्र यादव पक्षको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू