अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

ट्रम्पद्वारा ओबामा प्रशासनले लागू गरेको करको दायरा घटाउने प्रतिवद्धता

बिआरटीनेपाल २०७३ फागुन २० गते ८:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनले लागू गरेको करको दायरा घटाउने बताएका छन् ।  कंग्रेसलाई सम्बोधन गर्ने क्रममा बाराक ओबामा प्रशासनको आलोचना गर्दै ट्रम्पले मध्मम वर्गका नागरिकका लागि करमा व्यापक राहत दिने योजना सहित करको दायरा घटाउने बताएका हुन् ।

देश पुनर्निर्माणका लागि १ खर्ब डलरको पुन निर्माण बजेटमा सहमत हुनका लागि कंग्रेसमा आह्वान गरेका थिए। बाराक ओबामा प्रशासनको समयमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)स्वीकृत भएयता एक चौथाइ उत्पादनमूलक रोजगारी गुमाएको भन्दै उनले सन् २००१ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएयता ६० हजार उद्योग गुमाएको फेहरिस्त पनि प्रस्तुत गरेका थिए ।

देश पुनर्निर्माण अभियान सुरु गर्न १ खर्ब डलरमा सहमत दिन कंग्रेसलाई आग्रह गर्दै उनले उक्त रकम सरकारी तथा निजी क्षेत्रमा लगानी गरिने र यसले दसौं लाख नयाँ रोजगारी सिर्जना गर्ने बताए ।

अहिले अमेरिकी कम्पनीहरूलाई विश्वमै महँगो कर लगाइएको उल्लेख गर्दै ओबामाले आफ्नो वित्तीय टिमले ऐतिहासिक कर सुधारको योजना बनाइरहेको र देशका कम्पनीहरूलाई करको दर घटाउने पनि बताए । मध्यपूर्वमा लगानी भइरहेको ६ खर्ब डलरले अमेरिका पुनर्निर्माण दुईपटक गर्न पुग्ने बताउँदै अमेरिका अहिले विश्वकै चर्को कर लगाउने मुलुकका रुपमा विश्वमा चिनिएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू