अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

नेपालमा एकैदिन ३७ कोरोना संक्रमितको मृत्यु, ७ हजार ४ सय ४८ संक्रमित थपिए

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:०७ मा प्रकाशित

नेपालमा आज एकैदिन ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जना गरी कुल ७ हजार ४ सय ४८ जनाका कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुुग्यो । यस्तै देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित हुँदा २ सय १२ जना क्वारेन्टिनमा छन् । सक्रिय संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा रहँदा १ सय ४२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू