अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

एनआरएन: चुनाव त जित्छु, मेरो एजेन्डा र संस्थाले पनि जित्नुपर्छ: अध्यक्षका उम्मेदवार सुवेदी

बिआरटीनेपाल २०७७ चैत १९ गते २०:१३ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धि सागर सुवेदीको तेस्रो चुनावी अन्तरक्रियाको कार्यक्रम मिसिगनमा आयोजना गरिएको छ ।

यस अघि सुबेदीको चुनाव प्रचार टिमले न्यु योर्क र सिकागोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्टेट अफ मिसिगनमा आयोजित अन्तरक्रिया चाहि तेस्रो हो । अप्रिल ४, २०२१ आइतबार दिनको ४:०० बजे सुरु सो कार्यक्रम सुरु हुने बताइएको छ ।

आफ्नो चुनावी कार्यक्रमबारे कुरा गर्दै सुवेदीले भने, चुनाव त म पक्कै जित्छु तर मैले जित्दै गर्दा मेरो एजेन्डाले पनि जित्नुपर्छ । यति मात्र होइन एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ, संस्थाले जित्नुपर्छ । हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ ।

त्यसैले, न्यु योर्क, सिकागो र अन्य क्षेत्रबाट सिकेका, सुनेका तपाइहरूका कुराहरूलाई नै लिएर म साथीहरूसँगै मिसिगन आउँदै छु । कुरा मेरो मात्र होइन कुरा संस्था र आम नेपाली अमेरिकन समुदायको हो । यो केवल जित या हारको पनि होइन, कुरा हाम्रो अस्तित्व, नेपालीत्व, आधिकार र सन्ततिको भविष्य सम्मको कुरा छन् । ती सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको छु, अध्यक्षका उम्मेदवार सुवेदीले भने ।

मिसिगन कार्यक्रममा उपस्थित हुने आकांक्षीहरुमा:
अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी
वरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम (बिआर) लामा
उपाध्यक्षका उम्मेदवार गोपेन्द्र राज भट्टराई
उपाध्यक्षका उम्मेदवार डिलु राज पराजुली
महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाईं
सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला)
सचिवका उम्मेदवार अनुप खनाल
कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ
त्यसै गरी बोर्ड सदस्यका उम्मेदवारहरू विशाल राना, सन्तोष पहारी लगायत व्यक्तिहरू मिसिगन पुग्ने भएका छन्

अन्तरक्रिया:
मिति : ०४/०४/२०२१ ( आइतबार)
समय : ३ बजे देखि ७ बजे सम्म
स्थान : 35203 Grand River Ave, Farmington, MI 48335

नोट: कार्यक्रममा मास्क तथा सामाजिक दुरी अनिवार्य हुने जनाइएको छ । 

प्रतिक्रिया