अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

स्वीट्जरल्यान्डमा महिलाहरुले बुर्का लगाउन नपर्ने

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:१७ मा प्रकाशित

स्वीट्जरल्यान्डका महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो ।सो जनमत संग्रहमा महिलाहरुले मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् ।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको बीबीसीले जनाएको छ ।आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१ दशमलव २ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८ दशमलव ८ प्रतिशत मानिसले मतदान गरेका थिए ।तर स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भएको टिप्पणी गरेको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो ।कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई इस्लामप्रति त्रास फैलाउने खालको भएको बताएका छन् ।स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन् ।

अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ । उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत संग्रहमा सहभागी गराइन्छ । सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू