अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२
| Colorodo: 15:07
बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।
बढुवा भएका दुवै प्रहरीलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । भागरथीको हत्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भनाइ छ । उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।