अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

तातोपानी नाका पुनः सञ्चालनमा

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:१३ मा प्रकाशित

आज बाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहे जति सामान तातोपानी नाकाबाट भित्¥याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । आज बाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको खत्रीले जानकारी दिनुभयो । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू