अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

आज भ्यालेन्टाईन डे – प्रेमसम्बन्ध यसरी हुन्छ सफल !

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:२८ मा प्रकाशित

अंग्रेजी क्यालेन्डरमा दोस्रो महिना अर्थात् फेब्रुअरी महिनालाई प्रेमको महिनाको रुपमा लिईन्छ । त्यसैमाथि आज प्रेमदिवस अर्थात् भ्यालेन्टाईन डे । यसै अवसर पारेर श्रीमान् श्रीमती वा प्रेमी प्रेमीका कतै जाने र एक दिन सँगै खाने तथा समय बिताउने गरिरहेका हुन्छन् । घरको खाना उही लाईट, एउटै वातावरणमा बसेर तपाईलाई दिक्दारी लाएको भए यो मौका पारेर तपाईले कुनै रेस्टुरेन्ट वा पार्कमा समय बिताउन सक्नुहुन्छ ।

पक्कैपनि संसारका हरेक जीवित प्राणिलाई माया ममता महशुस हुन्छ । अझ मानिसमा यो विशेष अनुभूति हुन्छ । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।

१. विश्वासको सिर्जना गर्नुहोस्

२. आफुलाई माया गर्नुहोस्ः सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्

३. रहस्यमय मान्छे बन्नुहोस्ः ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस्

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् – उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी ।

६. जहिले आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्,

८. प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

९. विकल्प नखोज्नुहोस् – जब सम्बन्धमा विकल्प खोजिन्छ तब बर्बादीको बाटो पक्रिएँ भनेर सम्झनुहोस् ।

१०. प्रशंसा गर्नुहोस् ।

११. साहस दिनुहोस्

१२. उत्प्रेरणा थप्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू