अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

“संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालत जान्छौं” – प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५२ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने चेतावनी दिनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताउनुभयो ।

जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आफुहरु आईपुगेको उल्लेख गर्दै उहाँले त्यो दुर्भाग्यपूर्ण हुने बताउनुभयो । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आउनुभएको छ ।

संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डको भनाई छ । उहाँले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न सवैलाई आव्हान समेत गर्नुभयो । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू