अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

एसोसिएसन अफ नेपालीज ईन मिड्वेस्ट अमेरिकाको विशेष वार्षिक साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७७ मंसिर १४ गते १९:२१ मा प्रकाशित

एसोसिएसन अफ नेपालीज ईन मिड्वेस्ट अमेरिका (Association of Nepalese in Midwest America, ANMA), NFP को विशेष वार्षिक साधारण सभा यही नोभेम्बर २८, २०२० का दिन बिहान १० बजे देखी १२:३० बजेसम्म संस्थाका अध्यक्ष श्री डा. दिवाकर दाहालको अध्यक्षतामा ज़ूम प्रविधि मार्फ़त सफलतापूर्वक सम्पन्न भएको छ । विशेष साधारण सभामा स्वागत तथा ओपनिंग रिमार्क्स सभाका अध्यक्षले गर्नु भएको थियो भने विशेष साधारण सभाको सञ्चालन संस्थाका महासचिव श्री डा.ओम दाहालद्वारा सभाका एजेन्डाहरू प्रस्तुत गर्दै सुरु गर्नु भएको थियो ।

यसै क्रममा संस्थाद्वारा अहिले गर्दै गरेका कामको बारे महासचिवद्वारा प्रकाश पारिएको थियो भने अध्यक्षद्वारा संस्थाका भावी योजनाबारे प्रकाश पारियो । विशेष साधारण सभामा संस्थाका संस्थापकहरू, आजीवन सदस्यहरू, ट्रस्टीज़, साधारण सदस्यहरू, सल्लाहकारहरू, वर्तमान तथा भूतपूर्व कार्यसमितिका पदाधिकारीहरू, विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू तथा सदस्यहरू र समस्त आन्माका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । विशेष साधारण सभामा संस्थाको परिमार्जित विधान महासचिवद्वारा प्रस्तुत हुँदा घनीभूतरूपमाछलफल चल्यो र अन्त्यमा सर्वसम्मत रूपमा पारित भयो।

त्यसपछि संस्थाका मिडिया कोऑर्डिनेटर श्री खेम पाठकद्वारा लगतै संस्थाले यो कार्यकाल देखी पुनः प्रकाशन गर्न लागेको एन्मा अनलाइन न्यूज़लेटर “The Viewpoints” को पहिलो अङ्कको बारेमाप्रकाश पार्दै, यो प्रकाशन कार्यमा विशेष डिजाइन गर्ने संस्थाका सचिव श्री सन्तोष लामिछाने, एडिटिंगमा सहयोग गर्ने अध्यक्ष डा. दिवाकर दाहाल, महासचिव डा. ओम दाहाल र सम्पूर्ण एन्माटीमलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै लेख, रचना, कविता तथा विभिन्न साहित्यिक कृति प्रदान गर्ने सम्पूर्ण सहयोगी मनप्रति धन्यवाद प्रकट गर्दै हाम्रा सम्पूर्ण प्रायोजकहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । यस प्रकाशनमा यदि कुनै कमीकमजोरी भए, राय सुझावको आशा गर्दै भविष्यमा अझ गुणस्तरयुक्त प्रकाशनका लागी आम सबैबाट लेख, रचना, कविता, गजल आदि कृतिहरू प्राप्त गर्ने आशा पनि व्यक्त गर्नुभयो । यस लगतै सम्पूर्ण उपस्थित एन्माका
भूतपूर्व अध्यक्षहरूले एकै पटक ताली लगाई “The Viewpoints” को विमोचन गरियो ।

विशेष साधारण सभामा धेरै वक्ताहरूले संस्थाको यो नयाँ कार्यसमितिलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । संस्थाका सम्पूर्ण उपस्थित भूतपूर्व अध्यक्षहरू तथा एन्मा अलुमनाईहरूले बक्तब्य दिनुभयो । समग्ररूपमा एन्माले मिड्वेस्टमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने, अमेरिकाभर रहेका तमाम नेपाली तथा नेपाली अर्गनाइजेसनसंग समन्वय गरी राष्ट्रीयस्तरका कार्यक्रमहरू गर्नुपर्ने, नेपाली भाषा, संस्कृति जगेर्ना गर्ने तथा नयाँ पुस्ताका लागी पनि एन्माले कार्यक्रमहरू ल्याउनुपर्ने र केही नेपाल सहयोगमुखी कार्यक्रमहरूमा पनि वक्ताहरूको चासो रहेको थियो ।एन्माका भावी योजनाहरू पनि यीनै एजेन्डामा केन्द्रित रहेका छन् ।

अन्त्यमा विशेष साधारण सभाका सभाध्यक्ष तथा एन्माका वर्तमान अध्यक्ष श्री डा. दिवाकर दाहालद्वारा सभामा उपस्थित सम्पूर्णमा तथा विशेष साधारण सभा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउनु हुने सबैमा धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।

प्रतिक्रिया