अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३१ | Colorodo: 12:46

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:२० मा प्रकाशित

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ । वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्। जसमध्ये १४ लाख १७ हजार ८ सय ४० जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म ४ करोड १६ लाखभन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १ करोड २९ लाख ५८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।

यस्तै अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । भारतमा अहिलेसम्म ९२ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने १ लाख ३४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ६१ लाख २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू