अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

सीमामा भारत/पाकिस्तान झडप – कम्तीमा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:५७ मा प्रकाशित

जम्मू/ कश्मीरस्थित भारत–पाकिस्तान सीमामा भएको झडपमा १६ जनाको मृत्यु भएको छ । जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेका छन् ।दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।

पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् ।

भारतीय अधिकारीका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारण, तीन जना सैनिक र एक जना बीएसएफ जवानको मृत्यु भएको छ । भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू