अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

नेपालका पर्यटकीय १२ ट्रेकिङ गन्तव्य खुले, आन्तरिक पर्यटकहरु भ्रमणमा

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४४ मा प्रकाशित

कोभिड १९ बाट निकै प्रभावित नेपालको पर्यटन क्षेत्रमा सुधारका संकेत देखिएका छन् । नेपालका विभिन्न गन्तव्यमध्ये १२ वटा पदयात्रा खुला भएसँगै पदयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा सुधार आएको छ । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले १२ वटा गन्तव्य पर्यटकका लागि सहज भएको जनाएको छ । यद्यपि केही गन्तव्यमा भने १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम राखिएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले खुला भएका पदयात्रामा पर्यटक र व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । उहाँले करिब ७० जनालाई पदयात्राका लागि परमिटका लागि नेपाल पर्यटन बोर्डलाई सिफारिस गरेको जानकारी दिनुभएको छ ।

यसरी खुल्ला गरिएका स्थानहरुमा कञ्चनजंगा पदयात्रा क्षेत्र, सगरमाथा आधार शिविर पदयात्रा मार्ग, लाङटाङ पदयात्रा क्षेत्र, अन्नपूर्ण सर्किट पदयात्रा क्षेत्र, मर्दी हिमाल पदयात्रा क्षेत्र, मनाङ पदयात्रा क्षेत्र, मुस्ताङ पदयात्रा क्षेत्र, डोल्पा पदयात्रा क्षेत्र, हुम्ला पदयात्रा क्षेत्र, मनास्लु पदयात्रा क्षेत्र, हेलम्बु पदयात्रा क्षेत्र र रुवीभ्याली पदयात्रा क्षेत्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू