अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

‘यता न उत्ता हातमा जुत्ता’ को छांयाकन श्री पञ्चमीबाट

बिआरटीनेपाल २०७३ माघ १३ गते ६:१३ मा प्रकाशित

कलिउड प्रोडक्सन हाउसको पहिलो प्रस्तुति टेलि चलचित्र ‘यता न उत्ता हातमा जुत्ता’ बन्ने भएको छ । ‘यता न उत्ता हातमा जुत्ता’युनिटले बिहिवार सातदोबाटो स्थित कलिउड प्रडक्सनमा पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराइएको हो ।

प्रमुख अतिथि निर्देशक जिवनाथ गौतम सभापति सुशिल पौडेल अतिथि कलाकार मञ्जु श्रेष्ठ, नायिका सारिका घिमिरे लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा कलिउड प्रोडक्सनका संस्थापक पेमा लामा एम डि सहिमान थापा, लगायतले टेलि चलचित्र यता न उता हातमा जुत्तालाई लाई शुभकामना दिएका थिए ।

श्री पन्चमीबाट छांयाकन सुरु गरिने भनिएको यस टेलि चलचित्रको निर्देशन, कथा शब्द संगीत जिवनाथ गौतम जिवनको रहेको छ । ४० भन्दा बढि सिनेमामा चिफ अशिस्टेन्ट गरिसकेका जिवनले समयको माग चलचत्रमा निर्देशन समेत गरिसकेका छन् ।

समसामसहिक कमेढि तथा सेन्टिमेन्टल कथामा निर्माण गर्न लागीएको यता न उता हातमा जुत्तामा कलाकारहरु सुरविर पण्डित, सुशिल पोखरेल, सविन लामा, मञ्जु श्रेष्ठ, राज श्रेष्ठ, स्मारिका पन्त आदि लगायत निर्देशक स्वमंको पनि अभिनय रहने जनाइएको छ । कृष्ण पाण्डेले खिच्ने यो सिरियल काठमाण्डौं वरपरको रमणीय स्थलहरुमा छायांकन गरिने बताइएको छ ।

कार्यक्रममा टेलि चलचित्र ‘यता न उत्ता हातमा जुत्ता’ को टाइटल गीत समेत प्रस्तुत गरिएको थियो

प्रतिक्रिया