अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

विश्वकै सवैभन्दा वढी उमेरका अफ्रिकन नागरिक फ्रेडी ब्लेमको १ सय १६ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ भदौ ७ गते ६:२५ मा प्रकाशित

विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ। फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।

तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भएको थियो । उनी दुईवटा विश्वयुद्धमा जीवित रहेको बताईन्छ ।

सन् २०१८ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए । उनको केप टाउनस्थित घरमै निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू