अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

नेपालमा थप ४ सय १८ जनाका कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५३ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म निको भएकाको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हाल ५ हजार ७ सय ३२ जना आइसोलेसनमा रहेका छन् भने १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले ६० वर्ष पुगेका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बच्चाबच्चीलाई घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । वृद्धवृद्धलाई कोरोना भएमा बचाउन गाह्रो हुने र बच्चाबच्ची सामाजिक दूरीमा बस्न नसक्ने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू