अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

नायिका साम्राज्ञीविरुद्ध अभिनेता भुवन केसीद्धारा १० करोडको मुद्दा दायर

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:५७ मा प्रकाशित

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ । शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ ।

गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो । पछिल्लो समय केसीबाट आफू पीडित भएको भन्दै शाहले भिडिओ सन्देश सार्वजनिक गर्दै आउनुभएको छ । यसबीचमा केसी र शाहविरुद्ध गहिरो विवाद उत्पन्न भएको छ । केसी र शाहको पक्ष र विपक्षमा अरु थुप्रै कलाकारहरुले समेत प्रतिक्रिया दिन थालेका छन् । कतिपयले शाहको आरोपलाई ‘मी टू’ अभियानको श्र्रंखलासँग जोडेर पनि व्याख्या गर्दै आएका छन् ।

प्रतिक्रिया