अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नेपालमा आज २ सय ३२ जनामा कोरोना पुष्टि, थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

बिआरटीनेपाल २०७७ असार २० गते ७:१८ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखा, पालुङटारका ४४ वर्षका पुरुष र रुपन्देही, देवदहका ७५ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको आज विहान निधन भएको अस्पतालले जनाएको छ ।

देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका र उपचारकै क्रममा उनको पनि निधन भएको हो । मृत्युको भोलीपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

यसैबचि, नेपालमा आज थप २ सय ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै सङ्क्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ७२ जना डिस्चार्ज भएका मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला ४ हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ र द्रुत परिक्षण विधिबाट ३ लाख १० हजार ३ सय जनाको नमूना परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू