अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

सुनको मूल्य घट्यो

बिआरटीनेपाल २०७७ असार १२ गते ६:४५ मा प्रकाशित

मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको मूल्य शुक्रबार सामान्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको छ ।

बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँ तोकिएको थियो । यस्तै तेजाबी सुन पनि तोलाको ९० हजार १ सय ६० तोकिएको छ । सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरिसकेको छ ।

यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर ९४० कायम भएको महासंघले जनाएको छ ।बिहीबार तोलाको ९३५ रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य हालसम्म सबैभन्दा उच्च ९५० रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू