अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

डब्लुएचओसंगको सम्बन्ध तोडेको अमेरिकि राष्ट्रपति ट्रम्पको घोषणा

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:४७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ । डब्लुयूएचओ कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्नुभएको थियो ।

हिजो ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर सुधार गर्न असफल भएको भन्दै विश्व स्वास्थ्य संगठनसँगको नाता तोडेको घोषणा गर्नुभयो । ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व जनस्वास्थ्यमा लगाउने पनि बताउनुभयो ।
डब्लुयूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्याउँदै ट्रम्पले ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू