अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

न्यूयोर्क ‘लकडाउन’ गर्ने ट्रम्पको तयारी तुहियो, गभर्नर एन्ड्रयू विपक्षमा

बिआरटीनेपाल २०७६ चैत १५ गते २२:०९ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको राज्य न्यूयोर्कमा क्वारेन्टाइन लागु गर्नेबारे विचार गरिरहेको बताउनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हट्नुभएको छ । संक्रमण कम गर्नका लागि क्वारेन्टाइन उपयुक्त विकल्प हुनेबारे विचार भइरहेको उहाँले यसअघि बताउनुभएको हो ।

तर न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले क्वारेन्टाइनको विकल्प निरर्थक, अमेरिकी विरोधी र युद्धको घोषणा हुने बताउँदै बिरोध गरेपछि ट्रम्पको योजना तुहिएको हो । राज्यले यसअघि नै क्वारेन्टाइनका सबै नियमहरु लागु गरेको एन्ड्रयूले बताएका छन् ।

न्यूर्योकमा मानिसहरु भेला हुन रोक लगाइएको छ भने मानिसलाई घरमै बस्न भनिएको छ । तर लकडाउनका लागि हुने कुनै पनि प्रयासको विरोध गर्ने एन्ड्रयूको भनाई छ । गभर्नर कुओमोले सिएनएनसँग भनेका छन्, ‘यदि हामीलाई यहाँबाट अरु स्थानमा जान रोक लगाइन्छ भने त्यो लकडाउन नै हो । त्यसपछि हामी वुहान, चीन नै बन्ने छौँ । त्यसको कुनै अर्थ छैन ।’ लकडाउनले अर्थतन्त्रलाई धरासायी बनाउने उनको भनाई थियो ।

प्रतिक्रिया