अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

अमेरिकामा ग्याल्पो ल्होसार सम्पन्न

टोमा लामा २०७६ चैत ७ गते १०:३० मा प्रकाशित

न्यु योर्क, अमेरिका । हिमाली समुदायहरूको नयाँ वर्ष ग्याल्पो ल्होसार २१४७ औँ जिबा ल्हो, मुसा वर्ग ल्होसारको अवसरमा शनिवार मार्च ७ तारिखका दिन घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले अमेरिकामा नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा ग्याल्पो ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमोले हामीसँग कुराकानी गर्नुहुँदै उक्त कार्यक्रममा एन.आर.एन.ए. अमेरिका उपाध्यक्ष बि.आर.लामा,फिप्ना वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, हिमालयन बुद्धिस्ट कम्युनिटी अध्यक्ष छेपकदोर्जे गुरुङको विशेष अतिथिको रूपमा सहभागिता रहेको थियो । अमेरिकास्थित न्यु योर्क स्टेट सिनेटर जोन सिलिन, ब्रोनोज प्रेसिडेन्ट एरिक आई एडम्स, इष्ट एसियन एफिर्स ब्रोक्ल्याण्ड दिलीप चौहान, काउन्सिल मेम्बर न्यु योर्क डिस्ट्रिक्ट कोस्ता कन्टनटिनिदेस, काउन्सिल मेम्बर डोनोभन रिचार्डस, क्विन ब्राउज निर्देशक डा. मोहम्मद, प्रेसिडेन्ट तस्मिना आरसाथ अथमलेब्बस, डेमोक्रेटिक लिडर सेर्यल फेतिक, एल.जी.टि.ए.प्रेसिडेन्ट मिचार्ड डनस्टोन, डेमोक्रेटिक क्यान्डिडेट इग्गे तेरन्नोभा, फर्मल जनर्ल सेक्रेटरी मुस्लिम सेन्टर अमेरिका सिनियर एङ्ग सलिम सयद, एथोनी एट ल एण्ड प्रेसिडेन्ट अफ फिलिपिनो कम्युनिटी लारा ग्रेगिरी जस्ता विशिष्ट व्यक्तित्वहरूको विशेष आतिथ्यमा ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम धूमधामकासाथ मनाइएको जनाएकी छिन् ।

अमेरिकास्थित न्यु योर्क स्टेट सिनेटर जोन सिलिन, ब्रोनोज प्रेसिडेन्ट एरिक आई एडम्स, इष्ट एसियन एफिर्स ब्रोक्ल्याण्ड दिलीप चौहान, काउन्सिल मेम्बर न्यु योर्क डिस्ट्रिक्ट कोस्ता कन्टनटिनिदेस, काउन्सिल मेम्बर डोनोभन रिचार्डस, क्विन ब्राउज निर्देशक डा.मोहम्मद, प्रेसिडेन्ट तस्मिना आरसाथ अथमलेब्बस, डेमोक्रेटिक लिडर सेर्यल फेतिक, एल.जी.टि.ए.प्रेसिडेन्ट मिचार्ड डनस्टोन, डेमोक्रेटिक क्यान्डिडेट इग्गे तेरन्नोभा, फर्मल जनर्ल सेक्रेटरी मुस्लिम सेन्टर अमेरिका सिनियर एङ्ग सलिम सयद, एथोनी एट ल एण्ड प्रेसिडेन्ट अफ फिलिपिनो कम्युनिटी लारा ग्रेगिरी जस्ता विशिष्ट व्यक्तित्वहरूको विशेष आतिथ्यमा ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम धूमधामकासाथ मनाइएको जनाएकी छिन् । ब्यक्तिवादी तथा दलिय चिन्तन र संकृिणा बिचारबाट माथि उठेर सधैँ संस्थाको उन्नति र प्रगतिका लागि साेच र चिन्ता लिने वर्तमान कार्य समितिका अध्यक्ष निमा ल्हमाेज्युलाई संस्थाको उन्नति र प्रगतिको साथै सामाजिक कार्यमा विशेष योगदान दिएबापत बुर्कलिन बोरो प्रेसिडेन्ट Eric L. Adams र न्यु योर्क सिटी डिस्ट्रिक्ट 22 काउन्सिल मेम्बर Costa Constantinides बाट विशेष सम्मानद्वारा सम्मानित भएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न पोल्टिकल पार्टी नेताहरूले सबै सामाजिक संस्थाले घ्यालसुम्दो सेवा संस्थाको परिवारलाई बधाईको साथै लोसारको शुभकामना दिँदै घ्यालसुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष छिरिङ राप्के लामा, निमा लामा, पूर्व संस्थापक अध्यक्ष दावा पुनेल र पूर्व महासचिव पासाङ लामालाई प्रमाण पत्र प्रदान गरिएको थियो । मन्तव्यमा विभिन्न पोल्टिकल पार्टीको लिडर र सामाजिक संस्थाको अगुवाहरूले उदाहरण र नमुनाको रूपमा भव्य सम्पन्न गरेकोमा घ्यालसुम्दो सेवा संस्थाको सबै समुदायलाई धन्यवाद दिँदै यो ऐतिहासिक कार्यक्रम भएको स्मरण गरे । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गौरव लामाले गर्नु भएको थियो भने, कार्यक्रम सञ्चालन संस्थाका महासचिव चित्र गुरुङले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कन्सुलेटका महावाणिज्य दुत् पुष्पराज भट्टराईले विदेशको भूमिमा आएर आफ्नो चाडपर्व, संस्कार संस्कृति मनाउनुको साथै विदेशीहरूको उपस्थितिमा समेत यो कार्यक्रम गरेकोमा संस्थालाई धन्यवाद दिँदै कोरोना भाइरसबाट सचेत रहन लागि पनि सबैलाई आग्रह गर्नु भयो । दोस्रो चरण सांस्कृतिक कार्यक्रम घ्यालसुम्दो सेवा संस्थाका पूर्व महासचिव पासाङ लामा र दिकी ह्योल्मोले सञ्चालन गरेका थिए । कार्यक्रममा चर्चित डान्सर गीता राई, नायिका यन्सर गुरुङ, सङ्गीता मगर, तारा गुरुङ, रुथमान गुरुङ र टिबेटन गायिका शेराब छोमो लगायतका कलाकारहरूले प्रस्तुति गरेका थिए । घ्यालसुम्दो समुदायका कलाकार भाइबहिनीहरूले पनि आफ्नो कला प्रस्तुत गरेका थिए ।