अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

चलचित्र निर्माता सङ्घको अध्यक्ष पदमा आकाश निर्विरोध

बिआरटीनेपाल २०७३ पुष १३ गते १२:३९ मा प्रकाशित

नेपाली चलचित्र निर्माता सङ्घको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित हुने भएका छन् । यही शुक्रवार हुने निर्माता सङ्घको निर्वाचनमा अधिकारीको मात्रै उम्मेरद्वारी परेपछि उनी निर्विरोध अध्यक्ष हुने पक्का भएको हो । निर्वाचनको लागि बुधवार मनोनयन दर्ता प्रक्रिया सकिएको छ ।

यस्तै, महासचिव पदमा निर्माता रोज राणा, सचिव पदमा निर्माता छविराज ओझा, कोषाध्यक्ष पदमा निर्माता सुशील पोखरेलको मात्र उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि केशव भट्टराई, माधव वाग्ले र गोविन्द शाहीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

९ जना सदस्यका लागि ११ जनाको उम्मेरद्वारी परेको छ । यसका लागि दीपकराज गिरी, करिश्मा मानन्धर, भानुप्रताप, निश्चल बस्नेत, रोहित अधिकारी, दीपेन्द्र के खनाल, अर्जुन कुमार, चेतन सापकोटा, निकिता पौडेल, सुशान्त श्रेष्ठ, रौनक विक्रम कँडेलले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया