अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

बाना र भिजिट नेपाल २०२० का सचिवालय सदस्य सचिव श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ माघ १८ गते २१:५६ मा प्रकाशित

नेपाल पर्यटन वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्देश्यले भिजिट नेपाल २०२० का सचिवालय सदस्य सचिव बच्छु नारायण श्रेष्ठ र मेरिल्यान्डको छाता सङ्गठन बानाका अध्यक्ष सुबोध विलास पन्त बिच एक ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बाना सामुदायिक भवन बाल्टिमोर मा सम्पन्न भएको सो हस्ताक्षर कार्यक्रममा बोल्दै सदस्य सचिव श्रेष्ठले वासिङ्टन डिसी,मेरिल्यान्ड ,भर्जिनिया (DMV) क्षेत्रमा नेपाल पर्यटन वर्ष को प्रचार प्रसार गर्ने उद्देश्यले बाना सँग सम्झौता गर्न पाउँदा खुसी लागेको बताएका छन् । बाना visit Nepal 2020 को प्रचार प्रसारको लागी आधिकारिक संस्थाको रूपमा सचिवालयसँग सम्झौता भएको छ ।

प्रतिक्रिया