अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७० लाखको बुद्धको मूर्ति स्थापना

बिआरटीनेपाल २०७६ पुष १९ गते ७:१८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मूर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मूर्ति स्थापना गरेको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले जानकारी दिनुभयो । शनिबार आयोजित एक बिशेष कार्यक्रममा मन्त्री योगेश भट्टराइले उक्त मूर्तिको अनावरण गर्नुभएको छ ।

मूर्तिको तौल १ टन रहेको छ । भ्रमण वर्षको प्रवद्र्धन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पुर्याउने मन्त्री भट्टराईले बताउनुभयो । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् । बुद्धको मूर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सूनको जलप लगाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष अघि देखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो । एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मूर्तिहरु राखिएका छन् । अझैपनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू