अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

गायिका आशा भोस्ले काठमाडौंमा

बिआरटीनेपाल २०७६ पुष ९ गते ८:४३ मा प्रकाशित

बलिउडकी चर्चित गायिका आशा भोस्ले शनिबार हुने सांगीतिक कार्यक्रममा भाग लिन काठमाडौं आउनुभएको छ । साधना कला केन्द्रले राजधानीको सोल्टी होटलमा आयोजना गर्न लागेको रञ्जीत गजमेरको एक संगीत रहेका गीतहरुको कार्यक्रममा सांगितिक प्रस्तुतिको लागि उहाँ नेपाल आउनुभएको हो ।

बुधबार नेपाल आएलगत्तै उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गजमेरले स्वागत गर्नुभएको थियो । गायिका भोस्लेले ६० भन्दा बढी नेपाली चलचित्रका गीतमा आवाज दिनुभएको छ । उहाका ’नयाँ नयाँ सजाऔं है संसार’, ’के सोचेँ मैले’, ’डाँडा खोला बगर’, ’पहाडको माथिमाथि’, ’मोहनी लाग्ला है’ जस्ता चर्चित गीतहरु छन् ।

नेपाल बसाईको क्रममा बिहीबार र शुक्रबार उहाँ पशुपति, लुम्बिनी र मुक्तिनाथ जाने आयोजकले जनाएको छ ।

प्रतिक्रिया