अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

विश्व वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड अनुदान पाउने

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ७:३१ मा प्रकाशित

विश्व वन्यजन्तु कोषबाट नेपालले १ अर्ब २० करोड रुपैयाँ (९० लाख २४ हजार ३१२ डलर) अनुदान प्राप्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो रकम बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको हो । विश्व वातावरण सुविधा वापतको सो रकम नेपालले कोषमार्फत प्राप्त गर्न लागेको बताइएको छ ।

बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन अनुसार विभिन्न स्थानमा घाटगद्दीमा रहेको १ लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजाने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू