अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

गगनलाई गिरफ्तार नगरे लामिछानेलाई बर्खास्त गर्नुपर्छ : भीम रावल

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:३४ मा प्रकाशित

नेकपा एमालेका नेता डा।भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताउनुभएको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाउनुभएको थियो ।

लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर पूर्वमन्त्री समेत रहेका नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताउनुभएको छ । देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू