अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

पार्टी फुटविरुद्ध उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:२५ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्नरनगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।

इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर अर्थात् ‘ठ’ मा परेको थियो । अन्तिम चारमा परेका सबै मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । यादवले यसअघि दिएको रिटमा मंगलबारलाई पेसी तोकिएको छ । तर, उहाँले निर्वाचन आयोगको निर्णय बदरभागी भएको र पार्टी छाडेका सांसदहरूलाई संसदीय भूमिकाबाट निलम्बित राख्ने आदेश माग गर्दै सर्वोच्चमा अर्को रिट दायर गर्नुभएको थियो ।

यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित निर्वाचन आयोग र पार्टी छोडेको सात सांसदलाई विपक्षी बनाउनुभएको छ । यादवको रिटमा अन्तरिम आदेश भएको भए अशोक राई नेतृत्त्वको पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू