अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

कांग्रेस उपसभापति धनराज गुरुङद्धारा रविविरुद्ध सभामुखसमक्ष उजुरी

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:५२ मा प्रकाशित

नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरेसमक्ष उजूरी दिनुभएको छ । गृहमन्त्री लामिछानेले आइतबार ९जेठ ६ गते०को प्रतिनिधिसभा बैठकमा तथ्यहीन कुरा गरेर नेपाली कांग्रेसका सांसदहरुको मानमर्दन गरेको भन्दै गुरुङले सभामुखसमक्ष उजूरी दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाइचढाइ गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथी राखि अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु।’

देशको गृहमन्त्रीले तथ्यहीन कुरा गर्दा संसदको समेत अवहेलना भएको गुरुङको भनाइ छ। ‘उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला। देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ। उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु। यदि पुष्टि नभएमा उहाँमाथी कारवाही गर्न माग गर्दछु,’ उहाँले भन्नुभएको छ,’प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फसमेत विचार गरी निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भीर रुपले माग गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू