अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:४१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुक अहिले कमजोर भएको टिप्पणी गर्नुभएको छ । पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उहाँको तर्क थियो ।

सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकि कामहरु पनि ओझेल परेको दाबी गर्नुभयो । उहाँले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताउनुभयो । महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरुले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू