अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

सुर्खेतमा मिनीबस दुर्घटना हुँदा २ जनाकाे घटनास्थलमै मृत्यु

बिआरटीनेपाल २०८१ जेठ ७ गते ५:२२ मा प्रकाशित

सुर्खेतमा मिनीबस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दैलेखको दुल्लू नगरपालिकादेखि सुर्खेत आउँदै गरेको मिनीबस सुर्खेतको वीरेन्द्रनगरको कटकुवा जंगल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी बिरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सोमबार दिउँसो दुर्घटना भएको हो। मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ।

यस्तै, बसमा सवार अन्य घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको विकको भनाइ छ। विश्वकर्माका अनुसार १ जनाको टाउकोमा चोट लागेको हुनाले अवस्था गम्भिर रहेको छ। बसमा सवार यकिन नभएपनि ड्राइभरसहित २/२१ जना हुन सक्ने उहाँले बताउनुभयो। घाइतेको संख्या र मृतकको थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू