अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन : सिटौला

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:५६ मा प्रकाशित

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो ।

नेता सिटौलाले पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताउनुभयो । उहाँले संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गर्नुभयो । उहाँले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

नेता सिटौलाले यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू