अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

९८ लाख रुपैयाँसहित पक्राउ परेकामध्ये एक जना सुन तस्करीमा समेत संलग्न

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:५२ मा प्रकाशित

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित बिहान काठमाण्डौबाट पक्राउ परेका दुई जनामध्ये एक जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान रुपन्देहीको सियारी गाउँपालिका–७ का समिर सुनार र मिलन विकलाई पक्राउ गरेको थियाे ।

पक्राउ परेकामध्ये मिलन विक यसअघि २०८० साल असोज १० गते दोलखामा साढे ११ किलो अवैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको पाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । मिलन र समिरलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको ९८ लाख रुपैयाँ रकमसहित काठमाण्डाैकाे दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू