अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानबिन उपसमिति गठन

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:५० मा प्रकाशित

नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डष्ट्री–आईएआईमा  मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रवक्ताद्वय रमेश पौडेल र देवेन्द्र पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीले नेपाल वायुसेवा निगम र इजरायली कम्पनीबिच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति  दाबी गर्न सम्बन्धित विभागलाई निर्देशन समेत दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू