अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ : पूर्वसभामुख ढुंगाना

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:४९ मा प्रकाशित

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताउनुभयो । उहाँले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताउनुभयो । उहाँले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उहाँले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गर्नुभयो । उहाँले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गर्नुभयो ।

पूर्वसभामुख ढुंगानाले वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताउनुभयो । उहाँले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताउनुभयो । अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर समेत गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू