अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:४१ मा प्रकाशित

जनता समाजवादी पार्टी ९जसपा० नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गर्नुभएको हो ।

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरूको निष्कर्ष छ । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।

जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताउनुभयो । उहाँले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताउनुभयो । ‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौँ । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदैछ भनेर । पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन । अहिले जसपा र जसपा नेपाल भएर आयो । यो पार्टी अगाडि बढिरहँदाखेरी जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन । यो पार्टीको विभाजन चाहिँ आत्मघाती कदम भयो,’ माखिमले भन्नुभयो।

नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरूको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उहाँको निष्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उहाँले उद्घोष गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू