अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:३६ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।

प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाउनुभएको थियो । उहाँले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिनुभएको थियो ।सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसद्मा झडपको स्थिति सिर्जना भएको थियो । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू