अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:२७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठक आज मध्याह्न १२ बजेका लागि दलको कार्यालय सिंहदरबारमा बोलाइएको थियो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको उहाँले बताउनुभयो ।

यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन् । यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताउनुभयो । “पशुपतिजी पनि आउनु भएन । सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू