अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

जसपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष राई

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:०० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले यस्तो बताउनुभएको हो ।अध्यक्ष राईले सरकारको अंकगणित मिलिरहेको भएपनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताउनुभयो । अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताउनुभयो ।

अध्यक्ष राईले संवैधानिक अंगले वकीलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताउनुभयो । उहाँले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउनुभयो । विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो । महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू