अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 16:50

शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:३४ मा प्रकाशित

शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो सामान्य अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २१ अङ्कले घटेर एक सय नौ सय ६० दशमलव ६० विन्दुमा झरेको छ ।आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूहको शेयर झन्डै ७० अङ्कले ओरालो लागेको छ ।

आज कुमारी सबल योजनाको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार खासै घटबढ नभएको दिन इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज तीन सय पाँच वटा कम्पनीका ५८ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको १० करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू