अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा बिर्तामोडका दुई वटा बैंक कार्यालयमा तोडफोड, ४ जना पक्राउ

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:११ मा प्रकाशित

र्गा प्रसाईंको अभियानका कार्यकर्ताले झापाको बिर्तामोडमा दुई वटा बैंकमा तोडफोड गरेका छन्। व्यवसायी प्रसाईंका समर्थकहरुले ऋणीलाई यातना दिएको भन्दै ती बैंकमा तोडफोड गरेका हुन्। प्रसाईंका कार्यकर्ताले एभरेष्ट बैंक र ज्योति विकास बैंकका बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन्। प्रहरीले तोडफोडमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनकुमार तामाङ, झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बस्ने दिपेश राई र बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष १८ को पवन दुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू