अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा विस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०८१ वैशाख २७ गते ६:०४ मा प्रकाशित

पूर्वअर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई माइक्रोफाइनान्सबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिनुभएको छ । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान)ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै उहाँले यस्तो बैंकहरुलाई यस्तो सुझाव दिनुभएको हो ।

पूर्वअर्थमन्त्री खतिवडालले बैंकहरुबाट दुई सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको बताउनुभयो । उहाँले बैंकहरुले २ सय उद्योगी व्यवसायीहरु माथि कर्जा थप्दै जाने तर कर्जाको पहुँच सबै व्यवसायीमा पुगेन भनेर कहिल्यै गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले १२ लाख नागरिक गरिवीको रेखामुनी रहेको भन्दै २२ लाखलाई नेट गरी ३० लाख मानिसहरुलाई पैसा दिएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडालले माइक्रोफाइनान्स संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताउनुभयो । उहाँले बैंकहरुलाई कोल्याट्रलबेस फाइनान्सिङमा जान समेत आग्रह गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकलाई राष्ट्र बैंकले ५ प्रतिशत पु¥याउनै पर्ने स्ट्रेस पनि नदिन नहुने बताउनुभयो । उहाँले बैंकहरुलाई आफैँ प्रोजेक्ट खोजेर लगानी गर्न समेत आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री खतिवडालले कुनै प्रोजेक्ट डेभलप गर्नेमा नाफाको १ प्रतिशत भएपनि खर्च बैंकहरुले गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रोजेक्टबेस फाइनान्सिङमा बैंकहरुको थप काम चाहिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू