अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:३१ मा प्रकाशित

कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले(माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गर्नुभएको हो ।

कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत नयाँ सरकार गठनको आह्वान गर्छन् चासोको विषय छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू