अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:१८ मा प्रकाशित

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । नयाँ वर्षको अवसरमा काठमाण्डौको थापाथली सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुग्नुभएका उहाँले सुरक्षामा सम्झौता नहुने बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताउनुभयो । उहाँले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू