अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री

बिआरटीनेपाल २०८० चैत १६ गते ६:०४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला सशक्तीकरणको सबैभन्दा मुख्य आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ ।महिला उद्यमी महासङ्घले ललितपुरमा आयाेजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आज बिहान उद्घाटन गर्दै उहाँले विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएकाे बताउनुभयो । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन नसकिने र महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । महिलालाई आर्थिकरूपले सबल र सम्पन्न बनाउन नसकेसम्म महिला सशक्तीकरण हुन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायमा कर छुट तथा सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू