अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

अर्थमन्त्रालयद्धारा नयाँ बजेट लेख्ने टीम निर्माण

बिआरटीनेपाल २०८० चैत १६ गते ५:३८ मा प्रकाशित

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट लेख्ने टिम बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गनुृभएको हो । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रवार समिति गठनको निर्णय गर्नुभएको हो ।

सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य हुनुहुन्छ। शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत हुनुहुन्छ । शर्मा आन्तरिक राजश्व कार्यालयमा उप महानिर्देशक हुनुहुन्छ ।

समिति संयोजक शर्माले शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिनुभयो । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू