अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

काठमाण्डाै विश्वकै प्रदूषित शहर बन्याे

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ६:१७ मा प्रकाशित

काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।’आईक्यू एअर’ ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियाे । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डाै पहिलाे नम्बरमै  छ । दोस्रो स्थानमा रहेको चीनकाे बेइजिङकाे वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामाे हानाेईकाे वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।

वायु गुणस्तर सूचक १ सयभन्दा माथि हुनु स्वास्थ्यका लागि जोखिमयुक्त मानिन्छ । एक्यूआई २ सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर नै मानिन्छ । सुक्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ ।

वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा मानव शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टरहरू बताउँछन् । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरू– नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहको भनाइ छ । उहाँले यसबाट जोगिन आवश्यक नपरि घरबाहिर नजान, जानै परे मास्क लगाउन, पूरा शरीर ढाक्ने कपडा लगाउन, सरसफाइमा ध्यान दिन लगायतका सुझाव दिनुभएको छ ।

यस्तै वायु प्रदूषणले आँखालाई पनि प्रत्यक्ष असर गर्ने आँखारोग विशेषज्ञ डा. ज्योतिबाबा श्रेष्ठले बताउनुभयो । उहाँले चस्मा लगाएर हिँड्न र सफा पानीले आँखा पखालिरहन सुझाव दिनुभएको छ । योसँगै वायु प्रदूषणले छाला, मुटु, मष्तिस्कमा पनि असर गर्ने हुनाले स्वास्थ्य सावधानी अपनाउनुपर्ने  डाक्टरहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू