अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

शेयर बजार सामान्य बढ्याे

बिआरटीनेपाल २०८० चैत १५ गते ६:४४ मा प्रकाशित

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ ।आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ ।

आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । आज ६६ लाख १४ हजार कित्ता शेयर दुई अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टकाे १९ कराेड ३७ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू