अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख २७ हजार ९ सय रुपैयाँ

बिआरटीनेपाल २०८० चैत १५ गते ६:२८ मा प्रकाशित

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको हो ।  यसअघि गएको चैत ८ गते सुन तोलाको एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलाको १ हजार ४ सय ९० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू